काठमाडौँ । पछिल्लो तीन महिनादेखि विश्वभर मानव जाति र कोरोना भाइरसबीच आफ्नो जितका लागि लुकामारी भइरहेको छ । यस जितलाई आफ्नो पक्षमा पार्नका लागि डाक्टर तथा नर्ससहित सम्बन्धित पक्षले काम गरिरहेका छन् ।
विशेष गरी यस युद्ध मैदानको अगाडि डाक्टर तथा नर्स रहेका छन् । यसै क्रममा अमेरिकाको फ्लोरिडा राज्यस्थित टम्पा जनरल अस्पतालमा खिचिएको डाक्टर र नर्सको तस्वीर सामाजिक सञ्जालतमा भाइरल भएको छ । यस तस्वीरमा उनीहरूले उपचारमा डाक्टर तथा नर्सले लगाउने पिपिई लगाएका छन् ।
तस्वीरमा उनीहरूले प्रेम साटासाट गरेका छन् । जसलाई शब्दमा बयान गर्न सकिँदैन । सामाजिक सञ्जालमा यस तस्वीरलाई ‘आशा तथा प्रेम’ भनिएको छ । अहिले उनीहरूको समर्पणको तारिफ भइरहेको छ ।
यो तस्वीर सोही अस्पतालमा काम गर्ने बेन केयर तथा उनकी पत्नी पत्नी मिण्डी ब्राकको हो । उनीहरू दुवै स्वास्थ्यकर्मी हुन् । उनीहरूले अहिले अस्पतालमा आएका कोरोना भाइरस (कोभिड-१९) संक्रमित बिरामीको उपचारमा खटिँदै आएका छन् ।
बिरामीको उपचारमा व्यस्त भएका उनीहरू एउटै अस्पतालमा भए पनि केही दिनदेखि भेट्न पाएका थिएनन् । एक दिन उनीहरू आइसियूको बाहिर अचानक भेट भए । यस क्रममा उनीहरूले एकआपसमा प्रेम प्रकट गरे । जसलाई नजिकै भएका अर्का साथीले क्यामेरामा कैद गरेका थिए ।
बेन भन्छन्, ‘अस्पतालमा हामीलाई अलग-अलग टिममा राखिएको छ, त्यसैले केही दिनदेखि हामीले भेट्नसम्म पाएका थिएनौँ, एक दिन हामी अचानक भेट भयौँ, जसलाई साथीले कैद गरेका रहेछन्, पछि मात्रै तस्वीर भाइरल भएको जानकारी पायौँ ।'
यस्तै, मिण्डी भन्छिन्, ‘अस्पतालले हामीलाई अलग राख्न लाग्दा सुरूमा मैले बहस गरेकी थिएँ, तर योभन्दा पनि हामी चाहन्थ्यौँ कि सबै बिरामी चाँडो ठिक होस्, त्यसैले अस्पतालको निर्णय स्वीकार गरेँ ।' एजेन्सी
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ