एजेन्सी । चर्चित लेखक एवं सामाजिक कार्यकर्ता अरुन्धती रोयले भारतमा कोरोनालाई मुसलमानहरू विरुद्ध महोल बनाउन प्रयोग गरिएको दाबी गरेकी छन् । उनले मोदी सरकारले कोरोना संकटलाई हिन्दु मुस्लिम बीच दरार पैदा गर्न प्रयोग गरिहरेको बताएकी हुन् ।
उनले यही महोल जारी रहे मुसलमानहरूको नरसंहार समेत हुनसक्ने बताएकी छिन् ।
आफ्ना लेख तथा बयानहरूले सधैँ चर्चामा रहिरहने रोयले नरेन्द्र मोदी सरकार मुस्लिमहरूलाई बदनाम गर्दै फाइदा उठाइरहेको समेत बताइन् ।
‘कोरोना संकटसँग लड्ने सरकारको कथित रणनीतिले दुई समुदायबीच तनाब बढेको छ,’ उनले भनिन्, ‘यसले हालत जातीय वा सामुदायिक संहारतिर जाने संकेत देखिएको छ । यसमाथि विश्वभरिका सबैले नजर राख्नु जरुरी भइसकेको छ ।’
भारतमा फैलिएको कोरोना भाइरस संक्रमितमध्ये ३० प्रतिशत मुस्लिम जमाती रहेको रिपोर्टहरू आइरहेको बेला रोयको यस्तो बयान आएको हो ।
जर्मनीको एउटा टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिने क्रममा उनले कोरोनाको बाहानामा मुस्लिमहरूको दमन भइरहेको समेत बताइन् । त्यस्तै उनले भारतको समस्या कोरोना मात्रै नभएको समेत उल्लेख गरिन् । ‘कोरोना संकटले भारतका अनेकौँ समस्या उजागर भएका छन्,’ उनले भनिन्, ‘हामी सबैलाई थाहा छ, हामी कोरोनासँगै घृणा, भोकमरी आदि संकटले समेत ग्रस्त छौँ ।’
दिल्लीको शाहिनवागमा केही समयअघि नागरिकता कानुनका विरुद्ध मुस्लिम महिलाहरूले गरेको विरोध प्रदर्शनपछि दिल्लीभरि दंगा समेत भड्किएको थियो । उनले सोही आन्दोलनको बदला सरकारले लिइरहेको आरोप समेत लगाइन् । ‘यो संकट मुसलमानहरूप्रतिको घृणाको हो । जुन दिल्लीमा मुस्लिमहरू विरुद्ध भएको नरसंहारको लगत्तै देखा परेको छ ।’
‘कोविड– १९ को आडमा सरकार युवा विद्यार्थीहरूलाई गिरफ्तार गर्दैछ, वकिल, वरिष्ठ सम्पादक, सामाजिक कार्यकर्ता एवं बुद्धिजीवी उसको निसानामा छन्,’ अरुन्धतीले भनिन्, ‘केहीका विरुद्ध त मुद्दा पनि चलिसक्यो ।’
‘मोदी सरकार कोरोना महामारीलाई मुसलमानहरू विरुद्ध प्रयोग गरिरहेको छ । यस्तो परिस्थितिमा सरकार मुसलमानहरूलाई कोरोनाको बहानामा दमन समेत गर्दैछ,’ उनले भनिन्, ‘हिन्दु तथा मुस्लिम समुदायलाई भड्काउन सरकार योजनाबद्ध रूपमा लागेको छ ।’
त्यस्तै अरुन्धती रोयले यो सबै प्रकरणहरूलाई नाजी होलोकास्ट (नरसंहार)सँग तुलना गरेकी छन् । उनले भनिन्, ‘सरकारको कोरोना रणनीतिले नाजीहरूको होलोकास्ट रणनीति याद गराउँछ ।’
सरकार कोरोनाको संकटले मुसलमानहरूको छवि बिगारिरहेको आरोप समेत उनले लगाइन् । आरएसएस, बिजेपी तथा मोदी सबैको उद्देश्य देशलाई हिन्दुराष्ट्र बनाउने रहेको भन्दै उनले यस विचारधाराले मुसलमानहरूलाई जर्मनीका यहुदीहरूको जस्तो व्यवहार भोगिरहेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘सरकार ठीक त्यसै ढंगले मुसलमानहरूको छवि विस्तार गर्दैछ, जस्तो जर्मनीमा यहुदीहरूको छवि विकास भएको थियो ।’
यस्तो बयानपछि उनको भारतभर आलोचना सुरु भएको छ । केहीले त उनलाई यही प्रकरणमा देशद्रोहको मुद्दा लगाई जेल हाल्न समेत माग गरेका छन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ