Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

‘कोरोना चीनको ल्याबमा तयार पारिएको भाइरस हो’– नोबेल पुरस्कार विजेता वैज्ञानिक ल्युक मोन्टेनियर

‘कोरोना चीनको ल्याबमा तयार पारिएको भाइरस हो’– नोबेल पुरस्कार विजेता वैज्ञानिक ल्युक मोन्टेनियर

  • 2.1K
    SHARES

  • काठमाडौँ । फ्रान्सका नोबेल पुरस्कार विजेता वैज्ञानिक ल्युक मोन्टेनियरको एउटा बयानले कोरोना भाइरस बारेको कन्सपिरेसी थ्यौरीहरूलाई बढवा दिएको छ । कोरोना भाइरस चीनबाट आएको सबैलाई थाहा छ तर कसरी आयो भन्ने बारेमा अहिलेसम्म कुनै पनि तथ्य फेला परेको छैन । मूल प्रश्न यही हो । यसै सन्दर्भमा कैयौँ कन्सपिरेसी थ्यौरीहरू चलिरहेका छन् । तर, कुनै पनि थ्यौरीहरू पोख्त रूपमा कसैले प्रमाणित गर्न सकेका छैनन् । यसै सिलसिलामा नोबेल पुरस्कार विजेता वैज्ञानिक ल्युक मोन्टेनियरले कोरोना भाइरस चीनले कृत्रिम रूपमा बनाएको दाबी गरेका छन् । फ्रान्सका यी वैज्ञानिकले दाबी गरेअनुसार नोबल कोरोना भाइरस बुहानको एउटा ल्याबमा बनाइएको हो । उनको यस बयानले संसारभरि हलचल मच्चिएको छ । तर, उनको यस दाबीलाई चीनका वैज्ञानिकहरूले नकारेका छन् ।

    को हुन् ल्युक मोन्टेनियर ?

    मोन्टेनियर चर्चित भाइरोलोजिस्ट अर्थात भाइरस मामिलाका विशेषज्ञ हुन् । उनलाई सन् २००८ को चिकित्सातर्फको नोबेल पुरस्कार दिइएको थियो । यो पुरस्कार उनलाई र फ्रान्स्वा बाइदीलाई संयुक्त रूपमा दिइएको थियो । यी दुवैले एचआईभीको खोज गरेका थिए । उनै ल्युकले पछिल्लो हप्ता फ्रान्सको एउटा न्युज च्यानललाई दिएको अन्तर्वार्तामा उनले कोरोनाको संरचना एचआईभी तथा मलेरियाका तत्वले बनेको छ, त्यसैले यो भाइरस सन्देहको घेरामा आउँछ भनेका छन् । उनले भने, ‘बुहान सहरको ल्याब सन् २००० देखि यसप्रकारका भाइरस बनाउन विशेषज्ञता राख्दछ । सो ल्याबले यस क्षेत्रका लागि महारथ हासिल गरेको छ । कोरोना पनि प्राकृतिक रूपमा आएको भाइरस होइन ।’ त्यस्तै उनले यो भाइरस एड्सको भ्याक्सिन बनाउन खोज्दाको नतिजा हो, बुहानको सो ल्याबमा एउटा दुर्घटना हुँदा यो भाइरस बाहिर आएको हो भनेका छन् । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बुहानमा यो भाइरस धेरै लामो समयदेखि बनाउन सुरु भएको बताएका थिए । उनले समाचार संस्था फक्स न्युजलाई उद्धृत गर्दै भनेका छन, ‘कोरोना भाइरस इन्स्टिच्युट अफ भाइरोलोजीमा काम गर्ने प्रशिक्षार्थीको हातबाट भूलवश बाहिर आएको हो ।’ यसबारेमा विश्व स्वास्थ संगठनले कोरोना भाइरस मानव निर्मित भएको कुनै प्रमाण नरहेको बताएको छ । विश्व स्वास्थ्य संगठनका कैयौँ वैज्ञानिकहरूले यो दाबीमा कुनै सत्यता नरहेको बताएका छन् । फ्रान्सकै एकजना भाइरोलोजिस्टका अनुसार मोन्टेनियरले बताएको कोरोना संरचनाजस्तै संरचनाहरू अन्य भाइरसमा पनि पाइन्छन् । उनले भने, ‘यो दुईवटा किताबमा भेटिएका उस्तै शब्दहरू जस्तो हो, यसको अर्थ चोरी गरिएको भन्ने हुँदैन ।’

    • बिहिवार, बैशाख ११ २०७७०१:११:२९
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ