Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

लकडाउन खुकुलो गर्न माग गर्दै हतियारसहित प्रदर्शन

लकडाउन खुकुलो गर्न माग गर्दै हतियारसहित प्रदर्शन

  • 2.1K
    SHARES

  • एजेन्सी । कोरोनाको सबैभन्दा भयानक गति भोगिरहेको अमेरिकामा लकडाउन खुकुलो पार्न माग गर्दै हतियारसहित आन्दोलन भएको छ । अमेरिकाको मिचिगन राज्यमा लकडाउन खुकुलो पार्न माग गर्दै प्रदर्शन भएको हो । हतियार बोकेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले लकडाउन तत्काल खुकुलो पार्नुपर्ने माग गर्दै राज्यको संसद भवनभित्र प्रवेश गर्न खोजेका थिए । त्यस क्रममा सुरक्षाकर्मीसँग झडप समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । हतियारसहित रहेका प्रदर्शनकारीहरूलाई रोक्न सुरक्षाकर्मीलाई समेत हम्मेहम्मे परेको थियो । त्यसै क्रममा केही प्रदर्शनकारी त संसद भवनभित्र समेत प्रवेश गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रदर्शनमा एकाएक आक्रामक भएपछि त्यहाँ तैनाथ सुरक्षाकर्मीले केही प्रदर्शनकारीहरूलाई ज्वरो नापेर संसद भवनभित्र प्रवेशको अनुमति दिएका थिए । मिचिगन राज्यमा अहिलेसम्म ४१ सयभन्दा बढीमा कोरोना भाइरसबाट संक्रमित देखिएको छ भने भने ८८ भन्दा बढीको मृत्यु भइसकेको छ ।

    • शुक्रवार, बैशाख १९ २०७७०२:०१:५०
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ