Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

कोरोना चीनले बनाएको भन्ने अमेरिकी आरोपको डब्लुएचओद्वारा खण्डन, भन्यो प्रमाण देऊ

कोरोना चीनले बनाएको भन्ने अमेरिकी आरोपको डब्लुएचओद्वारा खण्डन, भन्यो प्रमाण देऊ

  • 1.4K
    SHARES

  • काठमाडौँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार चीनले कृत्रिम रूपमा कोरोना भाइरस बनाएको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले त्यसको खण्डन गरेको छ । अमेरिकाले दिएको बयानमा कुनै सत्यता नरहेको भन्दै विश्व स्वास्थ्य संगठनले यस बारेको सत्यतथ्य वा ठोस् प्रमाण हालसम्म अमेरिकाले पेश गर्न नसकेको बताएको छ । संगठनका आपतकालीन विभाग प्रमुख डाक्टर माइकल रियानले भने, ‘कोर‍ोना भाइरस बुहानको ल्याबमा बनाइएको भन्नु मनगढन्ते कहानी मात्रै हो । सत्यतथ्यमा आधारित जानकारी राख्नु संगठनको कर्तव्य भएको नाताले हामी कोरोना बारे यथातथ्य जानकारी पाउन इच्छुक छौँ,’ उनले भने, ‘अमेरिकासँग चीनले कोरोना भाइरस कृत्रिम रूपमा बनाएको भन्ने प्रमाण छ भने पेश गरोस् ।’ त्यस्तै डा. रेयानले विश्व स्वास्थ संगठनले प्राप्त गरेको सूचना र जानकारीलाई विश्लेषण गर्दा कोरोना प्राकृतिक रूपमै उत्पत्ति भएको मान्न सकिने प्रशस्त आधारहरू रहेको बताएको छ । बुहानमा यसको निर्माण गरियो भन्नेहरूले हालसम्म कुनै ठोस प्रमाण प्रेश गर्न सकेका छैनन् । अमेरिकी राष्ट्रपतिले पटकपटक कोरोना चीनको कृत्रिम उत्पादन भएको बताउँदै आएका छन् । हालै उनका परराष्ट्र मन्त्री माइ पोम्पियोले पनि एबीसी टेलिभिजनमा अन्तर्वार्ता दिँदै सोही कुरा दोहोर्‍याएका थिए । अन्तर्वार्तामा उनले भने, ‘हामीसँग कोरोना चीनको उत्पादन हो भन्ने प्रशस्त प्रमाणहरू छन् । यो चीनको ल्याबबाट नै फैलिएको हो । यद्यपि उनले यसका प्रमाणहरू पेश गरेनन् । त्यस्तै उनले अहिलेसम्मका सबैभन्दा उत्कृष्ट विज्ञहरू कोरोना कृत्रिम रूपमा बनाइएको कुरामा विश्वस्त भएको पनि बताएका थिए । उनले भने ुमसँग यी तर्कहरू काट्न कुनै अर्को तर्क छैन । यसअघि उनले अमेरिका कोरोना चीनले फैलाएको हो वा होइन भन्नेबारे आफूहरूले अनुसन्धान गरिएको बताएका थिए ।

    • बिहिवार, बैशाख २५ २०७७०३:०८:२०
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ