Logo

मंगलवार, भाद्र ९ गते २०८३

स्वास्थ्य मन्त्रालयको चरम लापरबाहीः ११ जनाको स्वाब परीक्षण, १५ जनाको पोजेटिभ रिपोर्ट !

स्वास्थ्य मन्त्रालयको चरम लापरबाहीः ११ जनाको स्वाब परीक्षण, १५ जनाको पोजेटिभ रिपोर्ट !


स्वास्थ्य मन्त्रालयको चरम लापरबाहीः ११ जनाको स्वाब परीक्षण, १५ जनाको पोजेटिभ रिपोर्ट !

काठमाडौँ । शुक्रबार मात्रै थप ३० जनामा कोरोना संक्रमण देखियो । जसमध्ये १५ जना सर्लाहीको रामनगर बहुअर्वा गाउँपालिकाका भन्ने तथ्यांक सार्वजनिक गरेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले । जसले गर्दा रामनगर बहुअर्वा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष राम सोगारथ तेली शुक्रवार बिहानैदेखि तनावमा रहे । उक्त वडाका १५ जनाको कोरोना परीक्षणमा पोजेटिभ देखिएको समाचार फैलिएसँगै उनको तनावको पारो बढेको हो ।

संक्रमण देखिएका सबै रामनगर बहुअर्वा गाउँपालिकाको ४ नम्बर वडामा रहेको तपस्वी जगदेव माविको क्वारेन्टाइनमा बसेका थिए । कोरोना पोजेटिभ देखिएको हो । गत ७ गते भित्रिएका ११ जना र त्यसअघि आएका ४ जना वडा नम्बर ७ का बासिन्दा भएकाले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

‘जम्मा ११ जनाको पीसीआर परीक्षण गरिएको थियो ७ नम्बर वडाको,’ वडा अध्यक्ष तेलीले भने, ‘१५ जनामा संक्रमण देखियो भन्ने रिपोर्ट आयो।’

स्कुलमा रहेको क्वारेन्टाइनमा राखिएका सबैको थ्रोट स्वाब लिइएको थिएन । स्वाब नलिएकाकै कसरी पोजेटिभ आयो भन्ने विषयले उनलाई तनावमा पारेको हो। ‘४ जनाको पोजेटिभ कहाँबाट आयो अब कसरी बुझ्नु ?,’ उनले भने ।

गाउँ भित्रिएकाहरु मुम्बईबाट आएका थिए । मुम्बईबाट आएको खुलेपछि उनीहरुलाई क्वारेन्टाइनमा बुझाइएको थियो ।। ‘पहिले नै ४ जना क्वारेन्टाइनमा थिए । बाँकी ११ जनालाई हामीले क्वारेन्टाइनमा बुझायौँ,’ उनले भने, ‘हाम्रो वडाका यति मात्र हुन् क्वारेन्टाइनमा ।’

स्वास्थ्य मन्त्रालयको यो लापरबाहीले रामनगर बहुअर्वा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष राम सोगारथ तेली मात्रै होइन जनस्वास्थ्यसँग चासो र सरोकार राख्न सबैको तनावको पारो बढ्ने निश्चित छ । मन्त्रालयले गर्ने परीक्षणको ढिलासुस्ती र गैरजिम्मेवारीमाथि पहिले पनि प्रश्न उठ्तै आएका थिए । तर, अब परीक्षणको विश्वास गर्न नसकिने सर्लाहीवासीको गुनासो छ ।

statement.JPG.webp

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक