Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

समाजमा भ्रम फैलाउने ७० भन्दा बढी अनलाइन बन्दः काउन्सिल दियो एउटालाई अन्तिम चेतावनी

समाजमा भ्रम फैलाउने ७० भन्दा बढी अनलाइन बन्दः काउन्सिल दियो एउटालाई अन्तिम चेतावनी


समाजमा भ्रम फैलाउने ७० भन्दा बढी अनलाइन बन्दः काउन्सिल दियो एउटालाई अन्तिम चेतावनी

काठमाडौँ । नेपाल प्रेस काउन्सिलले भ्रम फैलाएको भन्दै ७० वटा अनलाइनलाई देशभर प्रसारण हुन नसक्ने गरी कारबाही गरेको छ ।

प्रेस काउन्सिलले एउटा विज्ञप्ति जारी गर्दै लकडाउनको अवधिमा ५९ वटा सञ्चारमाध्यमलाई स्पष्टीकरण माग गरिएको, २२ वटालाई सचेत गराइएको, ४० वटालाई निर्देशन दिइएको तथा १४ वटाको ध्यानाकर्षण गराइएको र एउटालाई अन्तिम चेतावनी दिइएको छ ।

यस्तै, ७० ओटा अनलाइनलाई भने नेपालभित्र सम्प्रेशण हुन नसक्ने गरी वेवसाइट बन्द गराइएको छ । बन्द गरिएका अनलाइनहरू सूचना विभागमा पनि दर्ता नभएका र प्रेस काउन्सिलको पनि अनुमति नलिइकन सञ्चालन भएका काउन्सिलका सूचना अधिकारी खनालले बताए ।

कोरोना भाइरसको प्रकोप तथा यसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको अवधिमा समाचारका माध्यमहरूबाट समाजमा भ्रम फैलाउने सञ्चारसंस्थाहरूलाई कारबाही गरेको प्रेस काउन्सिलका सूचना अधिकारी दिपक खनालले बताए ।

काउन्सिलले चैत १० गतेदेखि जेठ ८ गतेसम्मको अवधिमा भ्रमपूर्ण समाचार दिने सञ्चार संस्थाहरूलाई कारबाही गरेको हो । ‘हामीले धैरैवटा सञ्चार माध्यमलाई सचेत गराउने, स्पष्टीकरण सोध्ने र कारबाहीसमेत गरेका छौँ’ खनालले भने, ‘मुख्य गरी अहिलेको अवस्थामा बिना तथ्य समाजमा भ्रम फैलाउने सञ्चारमाध्यमलाई कारबाहीको दायरामा ल्याएका हौँ ।’

‘वेभसाइट ब्लक गरिएका अनलाइनहरू भने सबै बिना दर्ता सञ्चालन भइरहेका थिए,’ उनले भने, ‘तिनीहरूको न सूचना विभागमा दर्ता छ, न प्रेस काउन्सिलबाट नै अनुमति लिएका छन् । यस्ता अनलाइनहरू जो दर्ता नभइकन नै समाजमा भ्रमपूर्ण समाचार फैलाएका छन, तिनीहरूको नेपालभर प्रशारण बन्द गर्न दुरसञ्चारमा पठाएका हौँ ।’

बन्द भएका अनलाइनहरूले कोरोनाका कारणबाट मृत्यु भएको, कोरोना पोजेटिभ देखिएको, कर्मचारीको तलब बढाएको, लकडाउन खुलेको लगायतका भ्रमपूर्ण समाचारहरू लेखेको प्रेस काउन्सिलले जनाएको छ । यस्तै, यस अवधिमा विभिन्न कोरोना संक्रमण सम्बन्धी समाचार उपर पनि प्रेस काउन्सिलमा उजुरी परेको थिए ।

कामना न्यूज

  • आइतवार, जेठ ११ २०७७०४:१२:२६
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ