कुन देश/महादेशमा कतिले ज्यान गुमाए ? (तथ्यांकसहित)
काठमाडौँ । कोरोना भाइरसको महामारीबाट विश्वभर ५५ लाख ८४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९० हजार १ सय २८ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५५ लाख ८४ हजार २ सय ११ पुगेको छ ।
विश्वका २ सय १३ मुलुकमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २३ लाख ६२ हजार ९ सय ४४ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ३ हजार ९६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ४७ हजार ६ सय १३ पुगेको छ ।
२३ लाख ६३ हजार ९ सय ४४ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ५३ हजार १ सय ६७ जनाको अवस्था गम्भीर छ ।
रसिया र जर्मनीलेले कोरोनामाथि नियन्त्रण राख्दा ब्रालिल र बेलायतले गुमाउँदै
विश्वभर अहिलेसम्म ५५ लाख ८४ हजार २ सय ११ जना संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा छन् ।
अमेरिकामा १७ लाख ६ हजार २ सय २६ जना संक्रमित छन् । दोस्रो स्थानमा रहेको ब्राजिलमा ३ लाख ७६ हजार ६ सय ६९ जना संक्रमित छन् । अमेरिकामा अहिलेसम्म ९९ हजार ८ सय ५ जनाको मृत्यु भइसकेको छ कोरोनाका कारण । ब्राजिलमा यो संख्या २३ हजार ५ सय २२ रहेको छ ।
तेस्रो स्थानमा रहेको रसियामा ३ लाख ५३ हजार ४ सय २७ संक्रमित छन् । पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र ब्राजिलको तुलनामा रसियाले कोरोनाको विश्वव्यापी कहरमा आफूलाई अब्बल राष्ट्र बनाउन सफल भएको छ । पहिलो र दोस्रो तथा चौथो, पाँचौँ, छैटौँ सूचीमा रहेका मुलुकहरुमा कोरोनाका कारण जुन रफ्तारमा मानिसहरु मरेका छन्, रसियामा ठीक उल्टो छ । ३ लाख ५३ हजारजना संक्रमित हुँदा पनि यहाँ अहिलेसम्म ३ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ जुन अरु मुलुकको तुलनामा ज्यादै कम हो ।
बेलायतमा संक्रमितको संख्या २ लाख ६१ हजार १ सय ८४ पुगेको छ । बेलायतमा कोरोनाका कारण ३६ हजार ९ सय १४ जनाको मृत्यु भएको छ। त्यसैगरी स्पेनमा २ लाख ८२ हजार ४ सय ८० जना संक्रमित देखिएका छन् भने मृत्यु हुनेको संख्या २६ हजार ८ सय ३७ पुगेको छ । इटालीमा संक्रमितको संख्या २ लाख ३० हजार १ सय ५८ पुग्दा मृत्यु हुनेको संख्या ३२ हजार ८ सय ७७ रहेको छ । फ्रान्समा १ लाख ८२ हजार ९ सय ४२ जना संक्रमित हुँदा २८ हजार ४ सय ३२ जनाको मृत्यु भएको छ।
एसियाली मुलुकहरूको अवस्था पनि नाजुक बन्दै
एसियाली मुलुकहरुमा २७ हजार ८ सय १ जनाको मृत्यु भएको छ । ९ लाख ८२ हजार ४ सय ९ जना संक्रमित भएकोमा ५ लाख ७३ हजार ४ सय १९ जना संक्रमणमुक्त भएका छन् ।
विश्वभर कोरोना संक्रमित मुलुकहरुको सूचीमा इरानलाई पछि पार्दै भारत १० औँ स्थानमा उक्लिएको छ । धेरै मुलुकहरुमा कोरोना संक्रमितको संख्या स्थिर हुनेक्रममा पुग्दा भारतमा भने नयाँ रेकर्ड कायम हुँदै संख्या थपिइरहेको छ ।
इरानमा आज बिहान सवा ६ बजेसम्मको तथ्यांकअनुसार १ लाख ३७ हजार ७ सय २७सजना संक्रमित छन् । दशौँ स्थानमा रहेको इरानलाई एघारौँ स्थानमा झारेको भारतमा संक्रमितको संख्या १ लाख ४४ हजार ९ सय ५० रहेको छ ।
नवौँ स्थानमा रहेको टर्कीभन्दा भारतमा १२ हजार ९ सय कम संक्रमित छन् । अहिलेकै रफ्तारमा भारतमा संक्रमित बढ्ने हो भने टर्कीलाई उछिन्न भारतलाई समय लाग्ने छैन ।
कुन महादेशमा कति ? (तथ्यांकसहित)
सोमबार बिहान ६ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६८ हजार ५ सय १५ जनाको मृत्यु भएको छ ।
१९ लाख १६ हजार १ सय ७७ जना संक्रमित भएकोमा ८ लाख ९३ हजार ६३ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १५ हजार २६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख २ हजार २ सय १८ पुगेको छ । त्यसमध्ये ५ लाख ७६ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा ३२ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । ६ लाख ५६ हजार १ सय ५९ जना संक्रमित भएकोमा २ लाख ६३ हजार ४ सय ४५ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ३ हजार ४ सय ९५ जनाको ज्यान गएको छ भने १ लाख १७ हजार ८ सय १ जना संक्रमित छन् । संक्रमितमध्ये ४७ हजार ८ सय १३ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २३ जनाको मृत्यु भएको छ । ८ हजार ७ सय २६ जना संक्रमित भएकोमा ८ हजार ८८ जना संक्रमणमुक्त भएका छन् ।
कुन देशमा कतिले ज्यान गुमाए ? (तथ्यांकसहित)
कोरोना भाइरसले विश्वमहामारीको रूप लिइसकेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । एकाध देशबाहेक कोरोना संक्रमणको महामारीसँग नलडेका देश नै छैनन् ।
विश्वभरिको आँकडा हेर्दा पेरुमा ३ हजार ६ सय २९, क्यानडामा ६ हजार ५ सय ४५, मेक्सिकोमा ७ हजार ३ सय ९४, बेल्जियममा ९ हजार ३ सय १३, नेदरल्याण्ड्समा ५ हजार ८ सय ३०, इक्वेडरमा ३ हजार २ सय ३, स्विजरल्याण्डमा १ हजार ९ सय १३, स्विडेनमा ४ हजार २९, चीनमा ४ हजार ६ सय ३४ र पोर्चुगलमा १ हजार ३ सय ३० जनाको मृत्यु भइसकेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक