Logo

मंगलवार, भाद्र ९ गते २०८३

अमेरिकाभन्दा चीन कति शक्तिशाली, कस्को शक्ति कति ?

अमेरिकाभन्दा चीन कति शक्तिशाली, कस्को शक्ति कति ?


अमेरिकाभन्दा चीन कति शक्तिशाली, कस्को शक्ति कति ?

काठमाडौँ । सैन्य शक्तिको कुरा गर्ने हो भने अहिलेसम्म मिलिट्री सुपरपावर देश अमेरिका हो । अमेरिकासँग यति धेरै सैनिक शक्ति छ कि, यो आफ्नो भूभागबाट जमिन, समुद्र र हावामा ठूलो स्तरमा युद्ध लड्न सक्षम राख्छ । अमेरिकाबाहेक संसारका अन्य कुनै देशसँग यस्तो गर्ने शक्ति गर्नु कल्पना मात्रै हो ।

स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार अमेरिकाले सैन्य शक्तिमा वार्षिक ६४९ बिलियन डलर खर्च गरेको छ । यो गत वर्ष ४.६ प्रतिशतभन्दा बढी हो । यस्तै, अर्को सुपरपावर देश चीनको सैन्य शक्ति खर्च २५० बिलियन डलरको हो । यो गत वर्षभन्दा ५ प्रतिशत बढी हो । गत २४ वर्षदेखि चीनले आफ्नो सैन्य खर्च लगातार बढाइरहेको छ ।

अमेरिकाको परमाणु हतियार भण्डार चीनको भन्दा ठूलो छ । अमेरिका प्रविधिको मामिलामा पनि चीनभन्दा अगाडि नै छ जसमा इन्टेलिजेन्स, ब्यालेस्टिक मिसाइल र वारप्लेन समावेश छन् ।

अमेरिकाको नेटवर्क निकै बलियो छ । अलाइन्समार्फत् एशियामा र नाटोमार्फत् युरोपमा यसको सम्बन्ध रहेको छ । चीनसँग यस्तो अलाइन्स नेटवर्क छैन । तर चीनको ‘वन बेल्ट वन रोड’ नामको १२४ बिलियन डलरको प्रोजेक्ट जो एशिया, अफ्रिका, युरोपमा व्यापार र लगानीको उद्देश्यसहित सुरु गरियो । त्यसले अमेरिकालाई निद्राबाट उठायो ।

चीनले साउथ चाइना सीमामा मानव निर्मित टापु बनायो । जसका कारण अमेरिकाले खतरा महसुस गर्यो । यहाँबाट हरेक वर्ष ५.३ ट्रिलियन डलरको व्यापार हुन्छ । चीनले अमेरिकालाई उछिन्नका लागि व्यापार र अर्थव्यवस्थालाई चुनेको छ ।

चीनले अमेरिकालाई शंकाको दृष्टिकोणले हेर्ने गर्छ । आफूलाई बलियो बनाउन र आफ्नो विकासमा निकै वर्षको मिहिनेत खर्च गरेको छ । चीनले आफ्नो उद्देश्य पूर्तीमा कसैले तगारो हाल्छ भने त्यो अमेरिका मात्रै हुनसक्ने स्वीकार्छन् । एजेन्सी

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक