काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले रूकुम पश्चिम घटनाबारे छानविन गर्न सर्वदलीय संसदीय छानविन समिति गठनको माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसद थापाले चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनाबारे बोल्दै दलितका हक अधिकार र कानुन बनायौँ भनेर गर्व गरिरहँदा रूकुमको नरसंहारले अनुहारमा कालो पोतिएको बताए ।
सांसद थापाले भने, ‘दलितका हक लेख्यौँ, कानुन बनायौँ भनेर गर्व गरिरहँदा रूकुमको नरसंहारले यस्तो गर्व गरिरहेको हामी सबैको अनुहारमा कालो पोतिएको छ ।’
‘यस्तो अमानवीय र त्रुर घटनालाई भवितव्य हो भनेर देखाउन र सहायक कारण देखाएर यो घटनाको जरामा रहेको उच्च जातीय अहंकारको ढाकछोप गर्न भइरहेको संगठित प्रयत्न र राज्यको लाचारीलाई यो संसदले टुलुटुलु हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ,’ उनले भने, ‘अविलम्ब सर्वदलीय संसदीय छानविन समिति गठन गर्नुपर्छ । यो नबनाएसम्म हामी मागिरहनेछौँ । न्यायका पक्षमा बोलिरहेनेछौं। लडिरहनेछौँ,’ थापाले भने ।
केही दिन अघि रूकुममा दलित युवाले गैरदलित युवतीसँग प्रेम विवाह गर्न खोज्दा भएको घटनामा युवकसहित ६ जनाको मृत्यु भएको थियो ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक