काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो २ बजे बस्ने छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कोरोना भाइरस संक्रमणलगायतका विषयमा छलफल हुनेछ ।
कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भनेर कांग्रेसले सरकारको आलोचना गर्दै आएको छ ।
बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुनसक्ने बताइएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक