दार्चुला । दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको ज्यान गएको छ ।
जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाकी ३६ वर्षीय कलावती बडालको ज्यान गएको हो । बुधवार बिहान खलंगा बजार आउने क्रममा श्रीबगड ओदाल भन्ने ठाउँमा माथि भीरबाट खसेको ढुंगा लागेर बडालको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भान चन्दले जानकारी दिए ।
उनी खलंगा राहत बुझ्न आइरहेको बुझिएको छ ।मृतक महिलाका दुई छोरा र दुई छोरी रहेका छन् । घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइरहेको प्रहरीले जनाएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ