काठमाडौँ । दिव्यासिंह शाहलाई डीन नियुक्त गरिएको विरोधमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकै भातृ विद्यार्थी संगठन अनेरास्ववियूले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मा तालाबन्दी गरेको छ ।
सरकारले डाक्टर दिव्यासिंह शाहलाई आइओएमको डीन नियुक्त गरेको विरोधमा बिहीबार अनेरास्ववियू क्याम्पस कमिटीले तालाबन्दी गरेको हो ।
क्याम्पस कमिटी अध्यक्ष विनय पंज्ञानीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली संगठन सरकारमा जोसुकै भए पनि विकृति र विसंगतिका विरूद्ध सधै लडेको इतिहास छ। तसर्थ कोरोना महामारीका बेला रातारात विषय टुंग्याएर राजनीतिक आडमा अमुक व्यक्तिलाई डिन बनाइएको हुनाले यस संगठन चुप बस्दैन ।’
बरिष्ठता मिचेर राजनीतिक पहुँचकै आधारमा सिंहलाई डिन नियुक्त गरेको भन्दै विरोध भइरहेका बेला अनेरास्ववियूले तालाबन्दी गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत रहेकी सिंहलाई प्राध्यापक डाक्टर प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीको सिफारिसअनुसार त्रिविले डिनमा नियुक्त गरेको थियो ।
‘यो आन्दोलन व्यक्ति विशेषविरूद्धको नभई पद्धति विरुद्ध लक्षित छ । हामीले प्रक्रियाको कुरा बारम्बार उठाउँदा पनि अटेरी गरी पद्धति विपरीत गएको हुनाले घोर विरोधसहित बन्द गर्न बाध्य भएका हौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन निर्णय सच्याइ राम्रो नजीरलाई कायम राखी योग्यता र बरिष्ठतामा आधारित भई डिन पदको नियुक्ति गरियोस् भन्ने माग राखी तालाबन्दीसहित आन्दोलन प्रारम्भ गरेको जानकारी गराउँदछौँ ।’
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक