दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले क्वारेन्टाइनमा राखेर घर पठाएइको युवकको मृत्यु भएको छ ।
भारतको बंगलोरबाट घर फर्किएका मार्मा गाउँपालिका ३ का ती युवालाई १ दिन क्वारेन्टाइनमा राखी घर पठाइएको थियो ।
कैलालीस्थित गौरीफन्टा नाका भएर जेठ २९ गते मार्माको लटिनाथ पुगेका २१ वर्षीय युवकको बिहीबार बेलुकी मृत्यु भएको हो ।
मार्मा गाउँपालिकाका स्वास्थ्य संयोजक चक्रसिंह धामीका अनुसार मानसिक रूपमा अस्वस्थ्य रहेका युवकलाई एक दिन मात्रै लटिनाथ मावि रस्कोटको क्वारेन्टाइनमा राखिएको थियो ।
मृतकको धनगढी र लटिनाथमा गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएको समेत धामीले बताए । परिवारले उपचार गर्ने भन्दै घर लगेका युवकमा ज्वरो बढ्दै गएको थियो । बिहीबार राती नै पीसीआर नमूना संकलन गरी शुक्रबार धनगढी पठाइएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ