Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

अबको कोरोना हब सुदूरपश्चिम बन्ने संकेत, संक्रमितको संख्या ६ सय ६५ पुग्यो

अबको कोरोना हब सुदूरपश्चिम बन्ने संकेत, संक्रमितको संख्या ६ सय ६५ पुग्यो


अबको कोरोना हब सुदूरपश्चिम बन्ने संकेत, संक्रमितको संख्या ६ सय ६५ पुग्यो

धनगढी । कोरोना भाइरस संक्रमण्का कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म चार जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा कोरोना भाइरस संक्रमित प्रदेशमा बढेर ६ सय ६५ पुगेको छ । प्रदेशमा पहिलो पटक गएको चैत्र १४ गते पहिलो कोरोना संक्रमित भेटिएका थिए । वैशाख महिना सुरु हुँदा पाँच जनामा झरेको यो संख्ष्या त्यसपछि झण्डै एक महिनासम्म स्थिर रहेको थियो ।

तर, भारतवाट फर्किनेहरू बढ्दै जाँदा प्रदेशमा संक्रमणको दर केही हप्ता देखि बढ्दै गएको छ । प्रदेशमा बिहिबार मात्र थप दुई सय ३८ जनामा कोरोना पुष्टि भएको थियो । निर्देशनालयका अनुसार कैलालीमा एक सय ५३, डडेलधुरामा एक सय २२, कञ्चनपुरमा ९४, बाजुरामा ६१, अछाममा ५१ ,बैतडीमा ५२, डोटीमा ३८, बझाङमा १६, दार्चुलामा १२ संक््मित पुगेका छन् ।

प्रदेशमा संक्रमित मध्ये ८१ जना निको भई घर फर्किसकेका छन् । यस्तै पिसिआरबाट संकलित १४ हजार एक सय २८ को थ्रोट स्वाबको नमूना मध्ये नौ हजार नौ सय ५३ को जाँच हुँदा पाँच सय ९९ मा नमूना ‘पोजेटिभ‘ फेला परेका हुन् । यस वाहेक प्रदेशका शंकास्पद ४८ नमूनाको सुर्खेत प्रयोगशालमा भएको परीक्षणमा दश जनामा पोजेटिभ भएको पुष्टि भएको जनाइएको छ।

प्रयोगशलामा संकलित नमूनाको चाप बढ्दा चार हजार १७ को नतिजा आउन बाँकी छ । आरडिटीबाट ८२ हजार आठ सय ३७ नमूनाको जाँच भइसकेको छ। सामाजिक दूरी कायम नगरी बढ्न थालेको सर्वसाधारणको चहलपहलले रोगको संक्रमण थप बढ्ने खतरा देखिएको स्थानीय पुष्पराज पाण्डेयले बताए।

भारतवाट फर्किएर क्वारेन्टिनमा बसेका नेपालीको बसाइ व्यवस्थित र तोकिएको मापदण्ड अनुसार हुन नसक्दा संक््मणको जोखिम थपिएको हो । सेती प्रादेशिक अस्पताल धनगढी, कोरोना उपचार विभागका प्रमुख डा. शेरबहादुर कमर भारतवाट फर्किएका नेपालीलाई सुरक्षित तरिकाले राख्न नसकिएकोले सङ्क्रमणको बढेको बताउँछन्।

डा. कमरले संक्रमितसँगको सम्पर्कमा आएकाको गर्नुपर्ने ‘कन्ट्रयाक्ट ट्रेसिङ‘ को प्रभावकारी हुन नसक्दा संक्रमणको जोखिम बढेको बताए । संक्रमण दर बढेसँगै प्रदेश कारोना उच्च जोखिममा पुगेको क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए ।

‘‘प्रयोगशालाले दैनिक २५० नमूना जाँच्न सक्ने क्षमता राख्दछ’, डा. अवस्थीले भने, ‘‘दिनमा दुई हजार नमूना संकलन भइरहँदा प्रयोगशालाको जाँच गर्ने क्षमताले नभ्याउँदा संकलित नमूनाको चाप बढेको छ।’ नमूनाको चाप बढेर थन्किएका दुई हजार ६६ नमूना जाँचका लागि केन्द्रीय प्रयोगशालामा पठाउनु परेको डा. अवस्थीले बताए ।

प्रदेश सरकारले डोटी र बैतडीमा पनि प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय झण्डै दुई महिना अघि गरेको थियो। सरकारको निर्णय बमोजिम आवश्यक प्रक्रिया अघि बढेकोले यही असार महिनामा प्रयोगशाला सञ्चालनमा आइसक्ने बताइएको छ ।

कामना न्यूज

  • शुक्रवार, आषाढ ५ २०७७०३:३६:३०
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ