Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

गृहजिल्ला गएका सांसद क्वारेन्टाइनमा

गृहजिल्ला गएका सांसद क्वारेन्टाइनमा


गृहजिल्ला गएका सांसद क्वारेन्टाइनमा

काठमाडौँ । भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला गएसँगै क्वारेन्टाइनमा बसेका छन्।

‘म शनिबारबाट गाउँपालिकाले ओख्रेमा निर्माण गरेको क्वारेन्टाइनमा बसेको छु, क्वारेन्टाइनमा बसेर त्यहाँ समस्याको विषयमा बुझेर त्यसलाई समाधानमा लागि पनि पहल गरिरहेको छु,’ उनले भने।
काठमाडौँबाट भोजपुर गएका किराँती रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका हुन्।

उनले सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेका कारण आफू क्वारेन्टाइनमा बसेको बताए।

‘हामीमा पहुँचको आधारमा विभिन्न ढंगले सरकारले जारी गरेको नीति नियम उल्लंघन गर्ने प्रवृत्ति बढ्दो छ, यसले सर्वसाधारण जनता मारमा छन्, नियम सबैको लागि बराबर हुनुपर्छ, त्यसैले म जनताको समस्यालाई नजिकबाट नियाल्दै क्वारेन्टिनमा बसेर सरकारको नियम पालना गर्दैछु,’ सांसद किराँतीले भने।

‘तल्लोस्तरका मानिसलाई मात्र क्वारेन्टाइनमा बस्न बाध्य पारिन्छ भन्ने खालको स्थानीयवासीबाट गुनासो आउने गरेको छ, तर म आफैँ क्वारेन्टाइनमा बसेपछि अहिले जनतामा पनि सकारात्मक धारणाको विकास भएको छ, सबै उच्च तहका मानिसले सरकारको नियमलाई पालना गर्दै कोरोनाको विषयमा सजग रहने खालका सन्देश प्रवाह गर्नसके स्थानीयवासीमा भएको कोरोना त्रास कम हुने थियो, यसले एक प्रकारको औषधि कै काम गर्न सक्छ, स्थानीयवासीलाई अहिले कोरोनासँग लड्न हौसलाको पनि खाँचो छ,’ सांसद किराँतीले भने।

 

कामना न्यूज

  • सोमवार, आषाढ ८ २०७७०१:५८:४६
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ