Logo

मंगलवार, भाद्र ९ गते २०८३

भातमात्र खाने प्रचलनले धानको आयात बढ्योः प्रधानमन्त्री ओली

भातमात्र खाने प्रचलनले धानको आयात बढ्योः प्रधानमन्त्री ओली


भातमात्र खाने प्रचलनले धानको आयात बढ्योः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझबिहानै भात खाने प्रचलनले भारतबाट वर्षेनी ठूलो मात्रामा धान आयात भइरहेको बताएका छन् ।

१७ औँ राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालीहरूको जीवनशैलीले आयात बढ्दै गएको बताएका हुन् ।

‘पछिल्ला केही वर्षहरुमा जनसंख्या बृद्धिको साथै जनताको आर्थिक अवस्थामा सुधार आई दुबै छाक भात खाने प्रचलन र मसिनो चामलको उपभोगमा भएको वृद्धिले समेत धान चामलको मागमा तीब्र बृद्धि हुँदै आएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘माग अनुसारको आन्तरिक उत्पादन नहुँदा वर्षेनी ठूलो धनराशी धान चामल आयातमा खर्चिनु परेको छ ।’

प्रधानमन्त्री ओलीले सरकारले प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानको उत्पादन वृद्धि गरेर दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजना तर्जुमा कार्यान्वयनमा ल्याएको उल्लेख गरेका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक