काठमाडौँ । नेकपा स्थायी कमिटी बैठक चलिरहँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति निवासमा भेटवार्ता भएको छ ।
सरकारका कामकारवाही, ओलीको अभिव्यक्ति र पार्टीभित्रको अन्तरद्वन्द्व उत्कर्षमा पुगेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ ।
ओलीले १० बजेदेखि आधा घन्टा राष्ट्रपतिसँग छलफल गरेका थिए । भेटमा के कुराकानी भयो भन्ने बाहिर आएको छैन ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित नेकपा स्थायी कमिटीको बैठकमा सहभागी बन्नुपूर्व प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच वर्तमान राजनीतिक परिस्थिति र नेकपाभित्रको शक्ति सन्तुलनबारे कुराकानी भएको बुझिएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक