Logo

मंगलवार, भाद्र ९ गते २०८३

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरू

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरू


नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरू

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको पाँचौ दिनको बैठक शुरू भएको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि शुरू भएको बुधवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी रहेका छन् ।


विगतको बैठकमा कुनैदिन उपस्थित र कुनैदिन अनुपस्थित भएका ओली बुधवारको बैठकमा भने शुरूमै उपस्थित भएका हुन् ।


मंगलवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले ओलीको राजीनामा माग गरेका थिए ।


आजको बैठकमा ओली समूहका नेताहरूले ओलीको बचाउमा कुरा राख्ने तयारी गरेका छन् ।


स्थायी कमिटी बैठकको तयारी स्वरूप प्रधानमन्त्री ओलीले बुधवार बिहान मन्त्रिपरिषद्मा रहेका स्थायी कमिटीका सदस्यहरूसँग परामर्श गरेका थिए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक