Logo

मंगलवार, भाद्र ९ गते २०८३

नेकपा स्थायी कमिटी स्थगित गरी मन्त्रिपरिषद् बैठक बस्यो, लगत्तै स्थायी कमिटी बस्ने

नेकपा स्थायी कमिटी स्थगित गरी मन्त्रिपरिषद् बैठक बस्यो, लगत्तै स्थायी कमिटी बस्ने


नेकपा स्थायी कमिटी स्थगित गरी मन्त्रिपरिषद् बैठक बस्यो, लगत्तै स्थायी कमिटी बस्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को बिहान ११ बजे सुरु हुने भनिएको स्थायी कमिटी बैठक स्थगित गरी मन्त्रिपरिषद् बैठक बसेको छ ,

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि मात्र स्थायी कमिटी बस्नेछ ।

दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक बोलाइएकाले सो बैठक सकिएपछि मात्र स्थायी कमिटी बैठक सुरु हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

बिहान ११ बजेको निर्धारित समयभन्दा केही समय अगावै अध्यक्ष प्रचण्डसहितका नेताहरू बालुवाटार पुगेका थिए। तर प्रधानमन्त्री नै अनुपस्थित भएपछि बैठक सुरु हुन नसकेको हो।

अध्यक्ष ओली बैठक कक्षमा नआएपछि बैठकका लागि पुगेका नेताहरू बाहिरै टहलिएका छन् ।

१२ बजे मन्त्रिपरिषद् बैठक सुरु हुनुभन्दा केही समय अघि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका थिए ।

पछिल्लो समय नेकपाभित्र विकसित घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री र राष्ट्रपतिबीच निरन्तर रूपमा भेटघाट हुँदै आएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक