काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक १५ मिनेटमै सकिएको छ ।
बैठकले संसदको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै सरकारले दल फुटाउन सहज हुने अध्यादेश पुनस् ल्याउने तयारी गरेको बैठकमा सहभागी एक मन्त्रीले दाबी गरेका छन् ।
मन्त्रिपरिषदको बैठकपछि बाहिरिएका उनले दल फुटाउने अध्यादेश पुनस् आउन सक्ने बताए । प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट दबाब बढ्दै गएपछि उक्त विकल्पतिर प्रधानमन्त्री लागेका हुन् ।
अध्यादेश ल्याउनैका लागि मन्त्रिपरिषद् बैठकले संसदको जारी अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताइएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक