काठमाडौँ । बिहीबार बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अझै सुरु हुन सकेको छैन ।
बिहान ११ बजे सुरु हुने भनिएको बैठक प्रधानमन्त्री तथा मन्त्रीको व्यस्तताका कारण बस्न सकेन । बिहान प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएर संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेसँगै बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठक प्रभावित भएको बुझिएको छ ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्न अचानक निर्णय गरेपछि नेकपा स्थायी कमिटी बैठक पनि प्रभावित बनेको हो ।
बैठकका लागि भन्दै नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेपनि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आउन नमानेपछि अहिले स्थायी कमिटी बैठक रोकिएको छ ।
बैठक रोकिएपछि अहिले ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेललगायतका सचिवालय नेताहरू छलफलमा जुटेका छन् ।
स्थायी कमिटीले प्रधानमन्त्री ओलीको राजिनामा मागिरहेको छ भने प्रधानमन्त्री यथास्थितिमा सरकार छोड्ने पक्षमा छैनन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक