काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थगित स्थायी कमिटी बैठक पुनः शुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान केहीबेर सञ्चालन भएर स्थगित भएको सो बैठक पुनः शुरु भएको प्रधानमन्त्री निवास स्रोतले जनाएको छ ।
पार्टी अध्यक्ष प्रचण्डले केही बेरअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी बालुवाटार फर्किएपछि बैठक पुनः शुरु भएको हो ।
नेकपामा अहिले चरम राजनीतिक संकट देखा परेको छ । बहुसंख्यक स्थायी कमिटी सदस्यहरू प्रधानमन्त्रीको राजिनामाको पक्षमा उभिएपछि यो संकट देखिएको हो । प्रधानमन्त्रीले आजै संसद स्थगित गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक