काठमाडौँ । कोभिड–१९ को संक्रमण देखिएपछि बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २ सय ९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन्।
फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३९४ छन्। यस्तै सबैभन्दा बढी कुवेतबाट तीन हजार ५ सय २७ र सबैभन्दा कम पाँच जना श्रीलंकाबाट स्वदेश फिर्ता भएका ‘कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले जनाएको छ।
नेपालमा कोभिड–१९ को संक्रमण देखिएपछि गत चैत ११ गतेदेखि मुलुकभर लागू गरिएको बन्दाबन्दीका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको थियो।
बन्दाबन्दीसँगै अन्तर्राष्ट्रिय हवाई यातायात पनि बन्द भएपछि विदेशमा अप्ठ्यारोमा परेका स्वदेश आउन चाहने नेपालीलाई सरकारले गत जेठ २१ गतेदेखि सुरक्षित रूपमा स्वदेश फर्काउने कार्य शुरु गरेको हो।
यस अवधिमा अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४ सय ८३, ओमानबाट ३ सय १३, कतारबाट एक हजार ८ सय १२, म्यानमारबाट २६, जापानबाट ४ सय ९२, थाइल्याण्डबाट ३ सय २६, दक्षिण कोरियाबाट २ सय २८, बङ्गलादेशबाट ८ सय ४१, मलेसियाबाट १ हजार ५ सय ३७, माल्दिभ्सबाट ७ सय ९, यूएईबाट दुई हजार ७ सय ३७, सउदी अरेबियाबाट २ हजार २, सिंगापुरबाट १ सय ४६, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ४ सय २०, संयुक्त राज्य अमेरिकाबाट २ सय ८२ र संयुक्त अधिराज्यबाट २ सय २९ नेपाली स्वदेश फिर्ता भएका छन्।
उनीहरूलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखेर व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशको समन्वयमा क्वारेन्टिनमा पठाउने गरिँदै आएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १६ गतेको निर्णयानुसार कोभिड–१९ विरुद्धको प्रतिकार्यको सन्दर्भमा उच्चस्तरीय समन्वय समितिको मातहतमा, सहजीकरण समितिअन्तर्गत रही प्रतिकार्यलाई प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा सम्पादन गर्न सीसीएमसीको स्थापना भएको थियो।
पछि सरकारले गत जेठ २८ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार उच्चस्तरीय समन्वय समिति विघटन गरी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा विभिन्न १० मन्त्री सदस्य रहेको सीसीएमसी निर्देशक समिति गठन गरेको हो। समितिले केन्द्र, प्रादेशिक र स्थानीय तहसम्म निजामती, सुरक्षा निकाय र सबै सम्बद्ध निकायमार्फत कोभिड–१९ विरुद्ध समन्वयात्मक रुपमा प्रतिकार्य सञ्चालन गर्दै आएको छ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ