Logo

मंगलवार, भाद्र ९ गते २०८३

नेकपा अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता नेपाल र खनाल राष्ट्रपति निवासमा

नेकपा अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता नेपाल र खनाल राष्ट्रपति निवासमा


नेकपा अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता नेपाल र खनाल राष्ट्रपति निवासमा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन जना नेता शितल निवास पुगेका छन् । अहिले उनीहरूबीच नेकपामा देखिएको गतिरोध अन्त्यका लागि छलफल भइरहेको बताइएको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार तीनैजना पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल विहान ११ बजे भेटघाटका लागि शितलनिवास पुगेका हुन् ।

राष्ट्रपतिलाई महाअभियोग लगाउने समाचार बाहिर आएपछि त्यस विषयमा राष्ट्रपतिले पनि चासो लिनुभए पछि छलफल गर्न नेताहरू शितल निवास पुग्नुभएको सापकोटाले बताए । राष्ट्रपतिलाई महाअभियोग लगाउने विषयमा आफूहरुले छलफल नगरेको ती नेताहरुको दावी रहँदैआएको छ ।

कामना न्यूज

  • आइतवार, आषाढ २१ २०७७१२:१२:०६
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक