काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी, (नेकपा) भित्र चर्किएको विवाद समाधान गर्न पार्टी अध्यक्षद्वयबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा पार्टी अध्यक्षद्वयबीच सहमति खोज्न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल भएको हो ।
छलफलमा पार्टीको आन्तरिक समस्याको समाधान र अध्यक्षद्वयबीच सहमतिको खाका तयार पार्न महासचिव विष्णु पौडेल र स्थायी समितिका सदस्यहरू शङ्कर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई गृहकार्य गर्ने जिम्मेवारी दिइएको छ ।
भोलि बिहान पुनस् अध्यक्षद्वयबीच पुन छलफल हुने बुझिएको छ । यसअघि अध्यक्षद्वयबीच शुक्रवार पनि छलफल भएको थियो तर कुनै निष्कर्ष निस्केको थिएन । अध्यक्षद्वयबीच सहमति जुटाउने उद्देश्यले हिजो शनिवार बोलाइएको स्थायी समिति बैठक भोलि सोमबारसम्मका लागि स्थगित गरिएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक