काठमाडौँ । कुवेत सरकारले विदेशी कामदारको संख्या ७० देखि ३० प्रतिशतमा झार्ने भएको छ। कोरोना नियन्त्रण भएपछि कुवेत दक्ष विदेशी कामदार लिने भएको हो।
कुवेतले नयाँ बनाउन लागेको कानुनले दक्ष आप्रवासी श्रमिकको भर्तीलाई प्राथमिकता दिनेछ भने कम्पनीले वार्षिक रुपमा भर्ती गर्ने आप्रवासी श्रमिकको संख्यामा पनि केही बन्देज लगाउने छ।
एक महिनाअघि कुवेतका प्रधानमन्त्रीले आप्रवासीको संख्या ७० प्रतिशतबाट ३० प्रतिशतमा झार्ने बताएका थिए।
कुवेतमा अहिले रहेका प्रवासी श्रमिकमध्ये धेरैजसो अदक्ष र थोरै मात्र पढ्न लेख्न जान्ने भएको र आफ्नो प्राथमिकता अदक्षभन्दा पनि दक्ष आप्रवासी श्रमिक भएको कुवेतले बताएको छ।
बसोबासको नियम परिवर्तन गर्दै कुवेतले अबको केही महिनामा अदक्ष आप्रवासी श्रमिकको संख्या घटाउने कुवेत टाइम्सले उल्लेख गरेको छ।
कुवेत नेपाली कामदार रोजगारगन्तव्य देशभित्र पर्छ। नेपालमा हाल ४० हजार नेपाली श्रमिक रोजगारीमा कार्यरत छन्।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ