काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको वान टु वान वार्ता सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो दिन भएको झण्डै ३ घण्टा लामो छलफलमा दुई अध्यक्षबीच सहमतिको साझा विन्दु खोज्ने प्रयास भएको हो । ठोस सहमति हुन नसके पनि वार्ता सकारात्मक दिशामा अघि बढेको बताइएको छ ।
बिहान साढे ११ बजेबाट सुरु भएको बैठकमा वार्ता जारी राख्ने दुई अध्यक्षबीच समझदारी भएको बताइएको छ । दुई अध्यक्षबीच सहमतिको विन्दु पत्ता नलागेको स्थायी कमिटीको बैठक बुधबारसम्म स्थगित गरिएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक