काठमाडौँ । चीनको राजधानी बेइजिङका शहरको प्रमुख थोक खाद्य बजारमा जुन ११ मा पुनः कोरोना भाइरस संक्रमित भेटिएपछि पहिलोपटक विगत २४ घण्टामा कुनै नयाँ संक्रमित नभेटिएको जनाएको छ ।
बेइजिङको स्वास्थ्य आयोगले मंगलबार दिएको जानकारीमा जुन ११ पछि सिनफादी बजारसँग जोडिएर संक्रमित विरामीहरू भेटिए पनि पहिलोपटक विगत २४ घण्टामा कुनै कोरोना संक्रमित नभेटिएको उल्लेख छ ।
समग्रमा पछिल्लो संक्रमण श्रृङ्खलामा अहिलेसम्म तीन सय ३५ व्यक्ति संक्रक्रमित भेटिएकोमा १५ जना निको भै घर फर्किसकेका छन् । त्यस्तै तीन सय २० जनाको उपचार भइरहेको र ३१ जनामा संक्रमणका कुनै लक्षण नदेखिएको तर उनीहरूलाई अस्पतालको निगरानीमा राखिएको बताइएको छ ।
चीनमा कोरोना संक्रमण नियन्त्रणमा आइसकेको घोषणा भएको केही महिनापछि फेरि नयाँ विरामीहरू भेटिएका थिए । तीमध्ये दर्जनौँ विरामीहरू सिनफादी बजारसँग कुनै न कुनै रूपमा जोडिएकाले उक्त बजार र वरपरका दर्जनौँ वस्ती लकडाउन गरी नियन्त्रण तथा रोकथाम प्रयासलाई सशक्त पारिएको थियो ।
चीनले मंगलबार देशभरका विभिन्न ६ प्रान्तका आठ व्यक्तिमा संक्रमण भेटिएको पुष्टि गरेको छ । यससँगै चीनमा पहिले र अहिले गरी कूल ८३ संक्रमितको संख्या बढेको छ भने ७८ हजार ५२८ जना निको भई घर फर्किएका छन् । चीनमा मंगलबारसम्ममा चार हजार ६३४ जनाको मृत्यु भएको छ । एजेन्सी
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक