काठमाडौँ । अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको विवादित बयानका कारण भारतमा नेपालीहरूमाथि दुर्व्यवहार हुन थालेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको बनारसमा काम गर्न गएका एक नेपालीलाई त्यहाँको भारतीय विश्व हिन्दू सेनाका कार्यकर्ताले जबरजस्ती मुण्डन गरेर अपमान गरेका हुन्।
मुण्डन पश्चात् उनको टाउकोमा जय श्रीराम लेखेका छन् भने उनीहरूले नेपालका प्रधानमन्त्रीका विरुद्ध बोल्न लगाउने राम नेपालमा हैन भारतमा जन्मिएको हो भन्ने जस्ता नारा लगाउन समेत लगाइएको छ।
भिडियो भाइरल भएपछि हिन्दू सेनाका कार्यकर्तालाई पक्राउ गर्न भारतीय प्रहरी लागि परेको आजतकले जनाएको छ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको भन्ने अभिव्यक्तिका कारण भारतीय हिन्दूहरूले प्रधानमन्त्री ओलीले विरोध गर्दै आएका छन्।
उता विश्व हिन्दू सेनाका संरक्षक अरुण पाठकले आफ्ना कार्यकर्ताले गरेको यस्तो कदम सही भएको भन्दै आफ्नो भनाइ फिर्ता लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ