काठमाडौँ । मोरङ जिल्लाको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की माथि कार्यालयमा खुकुरी प्रहार भएको छ।
शुक्रबार पटके करको विषयमा स्थानीय भवन ठकुरीले खुकुरी प्रहार गरेका हुन्। खुकुरी लागेर अध्यक्ष कार्की गम्भीर घाइते भएको प्रहरी चौकी केराबारीका प्रहरी नायव निरिक्षक दिपक बरालले बताए।
आर्थिक बर्ष २०७६÷७७ असार मसान्त सम्म गाउँपालिकाको पटके करको ठेक्का लिएका ठकुरीले साउन १ देखि गाउँपालिका आफैले कर उठाउन थालेपछि कार्की माथि आक्रमण गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
आक्रमण गर्ने ठकुरीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइते अध्यक्षलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको छ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ