काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच पार्टीभित्रको शक्ति संघर्षका बारेमा आइतबार पनि छलफल भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका दुई अध्यक्षबीच छलफल चलिरहेको हो ।
प्रचण्डले यसअघि आफ्नो निजी निवास खुमलटारमा पार्टीका प्रभावशाली नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाललगायतहरूसँग छलफल गरेका थिए । शनिबार र आइतबार दिउँसोका लागि स्थायी कमिटी बैठक बस्ने भनिए पनि अन्तिम समयमा स्थगित भएपछि नेकपाभित्रको विवाद पुन: शीर्ष नेतृत्वबीचमा नै सीमित भएको छ ।
हिजो प्रधानमन्त्री ओलीले मंसिरभित्र पार्टीको एकता महाधिवेशन सकाउने भन्ने प्रस्ताव अघि सारेपछि प्रचण्ड-नेपाल खेमामा राजनीतिक भूकम्प गएको विश्लेषण गरिएको छ । प्रचण्ड प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको सो प्रस्तावमा सहमत भएको भन्ने कुरा बाहिर आए पनि आजको खुमलटार भेलामा आफूसँग 'अर्ली' महाधिवेशनबारे छलफल भए पनि सहमति भने भई नसकेको नेताहरू नेपाल तथा खनाललाई बताएका थिए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक