काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सर्वसाधारणका लागि मोबाइल ट्रयाकिङ सेवा उपलब्ध गराएको छ।
आफूले चलाइरहेको कुनै पनि मोबाइल फोनको रिपोर्ट गर्न सकिने यस्तो प्रविधिबाट हराएको फोन यदि कसैले प्रयोग गरेको भए सहजै पत्ता लाग्ने भएको हो।
विश्वको जुनसुकै देशमा बनेको फोन भएपनि नेपाल ल्याएर त्यसमा सिम हालेर एकपटक चलाएपछि उक्त फोनको रेकर्ड टेलिकम कम्पनीहरु तथा प्राधिकरणमा तथ्यांक हुने भएकाले सोही आधारमा ट्रयाकिङ गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ।
यदि कुनै पनि प्रयोगकर्ताको फोनसेट हराएपछि उसले प्राधिकरणको सिस्टममा रिपोर्ट गरेपछि उक्त फोनको ट्रयाक गर्ने र त्यसको सहायताले सहजै भेटिने छ। त्यसका लागि https://eir.nta.gov.np मा गएर फोन हराएका व्यक्तिले निवेदन दिनुपर्ने छ।
कसैले मोवाईल फोनसेट भेट्टाउनु भएको छ भने तुरुन्त जसको फोनसेट हो सोही व्यक्तिलाई वा नजिकको नेपाल प्रहरीको कार्यालयमा वा प्राधिकरणमा जानकारी गराई फिर्ता गर्न सक्नु हुनेछ। तर यदि कसैले त्यस्तो भेट्टाएको फोन सेट संबन्धित व्यक्तिलाई नदिई अन्य व्यक्तिलाई बिक्रि गरेको वा कसैले खरिद गरेको पाईएमा सहजै मोबाइल ट्रयाकिङ गर्न सकिने भएकोले कानुन बमोजिम कानुनी कारवाही हुन्छु प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सचेत गराएको छ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ