काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको बैठकले सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवं युवाविद्यार्थीमा प्राकृतिक विपत्तिका बेला स्वयंसेवी भावनाका साथ उद्धार, राहत र पुनःस्थापनाका काममा परिचालित हुन आह्वान गरेको छ।
नियमित अन्य कार्यसूचीमा छलफल नभए पनि आजको स्थायी कमिटी बैठकले प्राकृतिक विपत्तिको अवस्थालाई ध्यानमा राख्दै उद्धार र राहतका कामलाई अझ प्रभावकारी बनाउन, घाइतेको निःशुल्क र भरपर्दो उपचारको प्रबन्ध गर्न, घरबारविहीनलाई अस्थायी आवासको प्रबन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाको संरक्षणका लागि विशेष प्रबन्ध गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारीअनुसार क्षतिग्रस्त सडक तथा पुल तत्काल मर्मत गरी आवागमन चालू गर्न बैठकले आग्रह गरेको छ।
गत असार १० गतेदेखि शुरु स्थायी कमिटीको चौथो बैठकबाट पारित प्रस्तावमा गत जेठ ३० गते मनसुन शुरु भएयता भएको लगातारको वर्षाका कारण देशका विभिन्न भूभाग बाढी, पहिरो र डुबानबाट आक्रान्त भएको जनाइएको छ।
प्राकृतिक विपत्तिका कारण आजसम्म २३३ जनाको ज्यान गएको, ९८ जना बेपत्ता भएको तथा ९९ जना घाइते भएका छन्। दुई सय ८२ भन्दा बढी घर पूर्ण रुपले क्षतिग्रस्त भएका छन्। सयौँ परिवार घरबारविहीन र विस्थापित भएका छन्।
तराईका विभिन्न भूभाग डुबानमा परेका छन्। राजमार्ग र अन्य सडक तथा पुल क्षतिग्रस्त हुँदा आवागमन अवरुद्ध भएको छ।
स्थायी कमिटीको बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। अन्य राजनीतिक कार्यसूचीमा शीर्ष नेताहरुको परामर्श जारी रहेकाले यही साउन १३ गतेसम्मका लागि बैठक स्थगन भएको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक