Logo

मंगलवार, भाद्र ९ गते २०८३

खुमलटार भेलाको निष्कर्षः स्थायी कमिटी बैठक स्थगित नगर्ने

खुमलटार भेलाको निष्कर्षः स्थायी कमिटी बैठक स्थगित नगर्ने


खुमलटार भेलाको निष्कर्षः स्थायी कमिटी बैठक स्थगित नगर्ने

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको प्रचण्ड–नेपाल पक्षको बहुमत सचिवालय र स्थायी कमिटी सदस्यहरूको भेलाले भोलि मंगलबार बस्ने स्थायी कमिटी बैठक स्थगित गर्न नदिने निर्णय गरेको छ ।

बैठकले अब स्थायी कमिटीमा बहुमतका आधारमा निर्णय गरेरै अघि बढ्ने निष्कर्ष खुमलटार भेलाले गरेको हो ।

बिहान ९ बजेदेखि ११ बजेसम्म प्रचण्ड निवास खुमलटारमा चलेको भेलामा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’सहित केही स्थायी कमिटी नेताहरूको सहभागिता रहेको थियो । तर, उपाध्यक्ष वामदेव गौतम भने भेलामा सहभागी थिएनन् ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक दर्जनपटक स्थगित भइसकेकाले मंगलबारको बैठक कुनै पनि हालतमा स्थगित नगर्ने प्रचण्ड–नेपाल समूहले तयारी गरेका छन् । पार्टीमा सहमति गर्न धेरै प्रयास गरे पनि कुनै निर्णय नभएकाले अल्पमत र बहुमतका आधारमा अघि बढ्ने योजना बनाएको स्रोतले जनाएको छ ।

स्थायी कमिटी बैठक पटकपटक स्थगित गर्दा बाहिर नराम्रो सन्देश जाने भएकाले बैठक छोट्याउने तयारी पनि भएको छ। स्थायी कमिटी बैठक छोट्याएर केन्द्रीय कमिटी बैठक बोलाउने भनिएको छ ।

यसअघि स्थायी कमिटी बैठकमा पेश भएका एजेण्डासहित थप अरु एजेण्डा समेटेर प्रतिवेदन पेश गर्ने तयारी गरिएको छ । यसअघि पार्टीमा अध्यक्ष केपी ओली र प्रचण्डबीच सहमत हुन नसक्दा प्रतिवेदन पेश हुन सकेको थिएन । अब अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतले प्रतिवेदनसमेत पेश गरी पार्टी कमिटीले निर्णय गर्ने स्रोतले जनाएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक