काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच सोमबार साँझ भैँसेपाटीस्थित गौतम निवासमा छलफल सम्पन्न भएको छ ।
छलफलमा नेकपालाई कुनै हालतमा ‘फुट्न’ नदिने विषयमा केन्द्रीत भएको भैँसेपाटी स्रोतले बताएको छ । अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच करिब एक घण्टा छलफल भएको थियो । प्रधानमन्त्री ओली परिवारका सदस्यसहित गौतम निवास पुगेका हुन् ।
प्रधानमन्त्रीसँगै पार्टी महासचिव विष्णु पौडेल पनि उपस्थिति थिए । भैँसेपाटी गौतम निवास स्रोतले छलफललाई नितान्त पारिवारिक भेटघाट भनेको छ । तर त्यसमा राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ ।
पार्टीभित्र चुलिएको विवादले प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतम दुवैले चिन्ता व्यक्त गरे । विवादलाई चाँडोभन्दा चाँडो सल्टाउन नेताहरू सबै लाग्नुपर्ने र पार्टीलाई हरहालतमा ‘फुट’बाट बचाउनुपर्ने सुझाव गौतमले दिए ।
नेकपाभित्र चुलिएको विवाद सल्टाउन उपाध्यक्ष गौतमले राखेको ६ बुँदे प्रस्ताव सार्वजनिक भएसँगै प्रधानमन्त्री ओली भेट्न पुगेका हुन् । बैठक सकारात्मक रहेको नेता गौतमका स्वकीय सचिव दीपक टमटाले बताए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक