काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण देशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । साथै, नेपालको पूर्वी तराई नजिक मनसुन न्युन चापीय रेखामा छ ।
बिहीबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानअनुसार अहिले देशभर सामान्य बदली भइरहेको छ । यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका थोरै स्थान तथा प्रदेश १, २, बागमती, गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख छ । राति देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ