चितवन। चार महिनादेखि बन्द रहेका सौराहाका होटल तथा रेष्टुराँहरू बिहीबारबाट खुलेका छन्। बिहीबार पहिलो दिन सौराहा सुनसान रहेको थियो। तत्कालै पर्यटकीय गतिविधि बढ्छ भन्ने आश नगरेका व्यवसायीहरूले दसैँ लक्षित तयारी गरिरहेको बताएका छन्।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले दसैँैं र दसैँपछि हुने पर्यटकीय गतिविधिलाई लक्षित गरी अहिलेबाट तयारी थालिएको बताए । हवाई र सडक यातायातमा लागेको प्रतिबन्ध तथा एक जिल्लाबाट अर्को जिल्ला जान पास चाहिने अवस्थाका कारण तत्कालै पर्यटक बढ्ने आशा व्यवसायीलाई नरहेको उनले बताए।
अधिकांश होटल व्यवसायीरू अहिले सरसफाइमा जुटेका छन्। चार महिनासम्म बन्द, बर्खाका कारण लागेको लेऊ, बढेका बोटबिरुवा तथा फूलको गोडमेल तथा मर्मतका काममा व्यवसायी जुट्न थालेका छन्।

होटल खुलेपछि व्यवसायीहरू केही आशावादी देखिएका छन् तर तत्कालै पर्यटक आउने सम्भावना नहुँदा निराश पनि उतिक्कै छन्। होटल व्यावसायीहरूको निकै कम भए पनि ‘सौराहा खुल्यो’ भन्ने सन्देश महत्वपूर्ण भएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई बताउँछन्। उनी भन्छन्, ‘तत्कालै चल्छ भन्ने आशा छैन । तर सौराहा आउने पर्यटकलाई कहाँ बस्ने भन्ने चिन्ता अब हुँदैन ।’
राहतको आश
होटल खुल्दा ठूला होटल व्यवसायीलाई खासै केही फाइदा नहुने भएता पनि साना होटल तथा रेष्टुराँहरूलाई भने केही हदसम्म भने पनि फाइदा हुने व्यवसायीको विश्वास छ।
होटल तथा रेष्टुराँ सञ्चालनसँगै सौराहाका अन्य पर्यटकीय गतिविधि पनि सञ्चालन गर्ने तयारीमा छन् । सौराहामा हुने पर्यटकीय गतिविधिमा जंगल सफारी, जंगल वाक, डुंगा सफारी, हात्तीलाई नुहाउने लगायतका पर्दछन्। यस्तै बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारीका साथै जिप सफारी हुने गर्दछ।

सौराहामा ११० होटल र ५६ वटा रेष्टुरेन्टहरू रहेका छन्। होटल पार्क सफारी रिसोर्टका सञ्चालक महेश खनालले चार महिनासम्म लकडाउनमा घर बसेर वाक्क भएका नेपालीहरूलाई घुम्नका लागि सौराहा आउने वातावरण तयार गरिनुपर्ने बताए। होटल मात्रै सञ्चालन नगरी स्तरीय सेवा, कोभिडबाट सुरक्षा र शुल्कमा सहुलियत दिए व्यवसायीहरुलाई केही राहत मिल्ने उनको भनाइ छ।
सावधानीका लागि ज्वरो जाँच, हात धुने र स्यानेटाइजरको व्यवस्था गरेको होटल मोनालिसा चितवन प्रा.लि.का सञ्चालक केशव खनालले जानकारी दिए ।
कोभिडको त्रास कम हुन थालेपछि फोन तथा इमलेबाट आन्तरिक पर्यटकहरुको बुकिङ आउन थालेको उनले बताए । ‘अब आन्तरिक पर्यटक प्रवर्द्धनका लागि सरकारलेसमेत सहयोग गर्नुपर्छ,’ उनले भने ।
सौराहाका व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी छुट्टाछुट्टै छुट प्याकेजको अफरसमेत गरेका छन् । रेष्टुराँ एण्ड बार एशोसिएसन (रेवान) सौराहाका निवर्तमान अध्यक्षसमेत रहेका सूर्योदय गेष्ट हाउसका सञ्चालक गोकर्ण गिरीले कोठामा ५० प्रतिशत, खानामा २० प्रतिशत र पेयपदार्थमा १५ प्रतिशत छुट दिने अफर घोषणा गरी रेष्टुरेन्ट बाहिर टासिएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ