Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

कोरोनाले डुबायो पर्यटन वर्षको लगानी

कोरोनाले डुबायो पर्यटन वर्षको लगानी


कोरोनाले डुबायो पर्यटन वर्षको लगानी

काठमाडौँ । नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेसँगै पर्यटक व्यवसायीले लगानी बढाएका थिए । यो वर्ष पर्यटकीय गतिविधि तथा पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा व्यवसायीको थियो । नयाँ लगानीकर्ताले समेत यो क्षेत्रमा लगानी गरेका थिए ।

तर, भ्रमण वर्ष सुरु हुन नपाउँदै कोरोना भाइरस (कोभिड १९) महामारीले यो क्षेत्रमा नराम्रो असर परेको छ । कोरोनाका कारण सरकारले घोषणा गरेको पर्यटन वर्ष स्थगित भइसकेको छ । त्यसैले सबै पर्यटकीय गतिविधि ठप्प भएको छ । कोरोनाले सबै क्षेत्रमा असर पुर्याएको छ । व्यवसायीहरु सामान्य अवस्थाको पर्खाइमा छन् । यसैबीच नेपाल सरकारले लकडाउन खुल्ला त गर्यो । तर, अवस्था सामान्या हुने सकेको छैन ।

नेपालमा आएका पर्यटकको प्रमुख गन्तव्य स्थान पोखरा थियो । पोखरा पुगेका पर्यटक सहासिक गतिविधिबाट रमाइरहेका हुन्थे । यहाँ पुगेका पर्यटकहरु प्याराग्लाइडिङ, अल्ट्रालाइट, हेली एयर जिपफ्लाएर र बञ्जी जस्ता गतिविधिबाट रमाउथे ।

पद यात्रामा रमाउनेलाई ट्रेकिङ आर्कषक बन्दै थियो । पर्यटनको हबका रुपमा विकास भएको पोखरा ठप्प बन्न पुग्यो । कोरोनाका कारण पूरानै अवस्थामा फर्कने आशामा व्यवसायी दिन गनिरहेका छन् ।

विगतका वर्षमा यतिखेर पर्यटकले पोखरा भरिभराउने हुने थियो । आकाशमा दैनिक ५ सय प्याराग्लाइडिङ उड्थ्यो । अहिले सुनसान देखिन्छ । साढे ३ सय जना प्याराग्लाइडिङ पाइलटको परिवारमा रोजीरोटी ठप्प भएको छ ।

नेपाल हवाई खेलकुद संस्था ९ना० का पूर्व अध्यक्ष योगेश भट्टराई कोरोनाले साहसिक पर्यटनलाई मात्र नभएर समग्रमा नेपालकै पर्यटनलाई असर पारिरहेको बताउँछन् । भूकम्प र अन्य प्राकृतिक प्रकोप भन्दा यसले ठूलो असर पारेको उनको बुझाई छ । यो अवस्थामा सुधार हुन समय लाग्ने उनले बताए ।

पर्यटन व्यवसायबाट राज्यलाई ठूलो मात्रामा कर तिरेपछि दुस्ख पर्दा राज्यले हेरिदिनु पर्ने व्यवसायीको गुनासो छ ।

कामना न्यूज

  • शुक्रवार, श्रावण १६ २०७७०५:४४:५१
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ