Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

पर्यटन बोर्डका रेग्मी भन्छन्, सुरक्षित तबरले पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्छ

पर्यटन बोर्डका रेग्मी भन्छन्, सुरक्षित तबरले पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्छ


पर्यटन बोर्डका रेग्मी भन्छन्, सुरक्षित तबरले पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्छ

काठमाडौँ। नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सिईओ) डा. धनञ्जय रेग्मीले सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन्। कोरोना भाइरसका कारण ठप्प भएको पर्यटन क्षेत्रलाई सुरक्षा अपनाएर अगाडि बढाउनुपर्ने डा. रेग्मीले बताए।

१४ दिनसम्म क्वारेन्टिनमा बस्ने गरी कुनै पनि पर्यटक नआउने कुरालाई मध्यनजर गर्दै द्रुत गतिबाट कोरोना परीक्षण गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ। द्रुत गतिमा कोरोना परीक्षण गरी ३ दिन होल्डिङ सेन्टरमा राख्ने र कुनै लक्षण नदेखिए घुम्न पठाउने व्यवस्था मिलाउनुपर्ने उनले बताए।

नेपाल र चीनबीचको दौत्य सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको अवशरमा चाइनीज टुर अपरेटर्स एलाएन्स अफ नेपाल घोषणा भएको छ। नेपालमा आउने चिनियाँ पर्यटकहरूलाई प्रदान गरिँदै आएका सेवाहरूलाई प्रभावकारी बनाउने उद्देश्यले एलाएन्स घोषणा गरिएको हो।

२५ जना सदस्य रहेको एलाएन्सले विगतमा चिनियाँ व्यवसाय सञ्चालनको क्रममा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने उद्देश्य राखेको छ। नेपाली टुर एण्ड ट्राभल्स व्यवसायीहरूको छाता संस्थाको रुपमा गठन गरिएको एलाएन्सको संयोजकमा बिश्वेस श्रेष्ठ रहेका छन् । अन्य बोर्ड सदस्यहरूमा बरुण मेहता, कल्याण राज शर्मा, पुष्कर राज पाठक र हरि प्रसाद पराजुली रहेका छन्।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ