Logo

मंगलवार, भाद्र ९ गते २०८३

नेकपा अध्यक्षद्वयको बैठक निष्कर्षविहीन, भोलि पुनः बस्ने

नेकपा अध्यक्षद्वयको बैठक निष्कर्षविहीन, भोलि पुनः बस्ने


नेकपा अध्यक्षद्वयको बैठक निष्कर्षविहीन, भोलि पुनः बस्ने

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा बसेको वार्ता निष्कर्षबिहीन भएको छ ।

नेकपामा बल्झिएको विवाद समाधानका लागि भन्दै सोमबार विहान बसेको बैठकमा ध्यक्षद्वयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ।

स्रोतका अनुसार दुवै नेता आआफ्नो अडानमा टसमस भएका छैनन्। प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार नरहेको बताइउको छ।

सचिवालय बैठक बसेर दुई नेताबीच सहमति गर्नुपर्ने उनको प्रस्ताव छ। तर प्रचण्डले भने जारी स्थायी कमिटी बैठक रोकेर सचिवालयबाट निकास खोज्न नसकिने बताएका छन्। ‘कुराकानी सकारात्मक नै छ तर कुनै सहमति भएको छैन,’ स्रोतले भन्यो, ‘भोलि मंगलबार साँझ ५ बजे फेरि बस्ने सहमति भएको छ।’

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक