काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले १० अगाडि तत्कालीन माओवादी र अहिले नेकपामा देखिएको विवादलाई तुलना गरेका छन् ।
उनले बुधबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड', माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठले गरेको पत्रकार सम्मेलनमाथि व्यांग्य गरेका हुन् ।
‘ग्याङ अफ फोरको पत्रकार भेलापछिको परिदृष्य ? भन्दै थापाले नेकपा विभाजन गर्न केही नेताहरु लागि परेको बताए । उनले चार नेताको सक्रियतालाई विभाजनको खुल्लमखुल्ला हाँक र रिहर्सल भएको दावी गरे ।
उनले भने, ‘यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताको लडाई रे ? पार्टी विभाजनको खुल्लमखुला हाँक, होहल्ला र रिहर्सलबाहेक केही होइन ।'
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक