Logo

मंगलवार, भाद्र ९ गते २०८३

मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउन बारे के होला निर्णय ?

मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउन बारे के होला निर्णय ?


मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउन बारे के होला निर्णय ?

काठमाडौँ । सोमबार ५ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। आजको बैठक नियमित भएपनि कोभिड–१९ सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ।

बालुवाटार स्रोतका अनुसार यसअघिका निर्णय कार्यान्वयनका सवालमा केही संशोधन हुनसक्नेछ। यसअघि सरकारले भदौ १ गतेबाट हवाई उडान र लामो तथा छोटोे दुरीका सार्वजनिक यातायात खेल्ने निर्णय गरेको थियो।

तर,पछिल्लो पटक कोरोना भाइरस संक्रमण बढ्न पुगेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्रले उक्त निर्णय कार्यान्वयनका लागि १५ दिन पछि सार्न सुझाव दिइसकेको छ।

त्यस्तै भदौ १ बाटै विद्यालय भर्ना लगायतका कार्यक्रम पनि एक महिना पछि सार्ने बारेमा छलफल भएकाले त्यसबारे समेत सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्नसक्ने ती मन्त्रीले जानकारी दिए। सरकारले लकडाउन खुला गरेसँगै संक्रमण बढ्दै जान थालेकाले कतिपय विज्ञहरुले पुनः लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन्।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक