काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्क्षयद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता सकिएको हो।
९ दिनको संवादहीनताको अवस्थापछि दुई नेताबीच आज भेट भएको हो। यसअघि साउन १८ गतेदेखि तीन दिन लगातार ओली र प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवाचन्द्र नेम्वाङले भेटेका थिए।
गत साउन २१ गते अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमित पत्रकारलाई बोलाएर भेला गरेपछि दुई अध्यक्षको संवाद रोकिएको थियो। त्यसयता ओलीले प्रचण्डसँगको संवादका लागि रुचि देखाएका थिएनन्।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक