काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले नेकपा फुटबाट जोगिएको बताएका छन् ।
पार्टीभित्रका समस्याहरुको समाधान र संकटको निकासका लागि दुई अध्यक्षले कार्यदल गठन गरेको र त्यसले काम समेत थालिसकेको भन्दै तात्कालीन रुपमा कोभिड–१९ को नियन्त्रण,उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्ततः राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्ने बताएका छन्।
उक्त प्रस्ताव स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपूर्ण छलफल गरी संस्थागत निर्णय गरिने प्रवक्ता श्रेष्ठको भनाइ छ। उनले कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत भएको समेत बताएका छन्।
श्रेष्ठले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं ,पार्टी भित्र केही बिषयमा कुनै छलफल ,बहस र सँघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त हुँदैन । बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्दछ ।’
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक