काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया किशोरी निर्मला पन्तलाई न्याय दिन माग गर्दै नेपालमा फेरि एकपटक ‘डिजिटल आन्दोलन’ चर्केको छ।

निर्मला पन्त बलात्कार र हत्याकाण्ड नेपालमा भएको एक दर्दनाक हत्याकाण्डमध्ये एक हो । विसं २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको शव भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो।
न्यायका लागि विभिन्न चरणमा आन्दोलन हुँदा पनि किशोरी निर्मला पन्तको दोषी हालसम्म पत्ता लाग्न सकेका छैन। स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानविन माग गरेका थिए। प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागी थप एक युवकको समेत मृत्यु भएको थियो।
बलात्कार र हत्या भएको दुई वर्षपछि फेरि निर्मला पन्तका हत्यारालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै सामाजिक सञ्जालमा ‘जस्टिस फर निर्मला’ अभियान छेडिएको हो। सामाजिक सञ्जालका प्रयोगकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीसहित ओली मन्त्रिपरिषद्का अन्य मन्त्रीहरु र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुकको तस्बिरमा निर्मलालाई न्याय दिन माग गर्दै कमेन्ट गर्ने अभियान नै चलाएका छन्।

शीर्ष नेताहरुको तस्बिरमा आक्रामक रुपमा कमेन्टहरु गर्न थालिएको छ। यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजमा रहेको उनको ‘प्रोफाइल पिक्चर’मा जम्मा २ लाख १७ हजार भन्दा धेरैले कमेन्ट गरेका छन्। ती मध्ये अधिकांशले निर्मला पन्तको न्यायको माग गरेका छन्।
यस्तै पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाल प्रहरीको फेसबुक पेज, गृहमन्त्री रामबहादुर थापा बादलको प्रोफाइल पिक्चर लगायतका तस्वीरमा पनि कमेन्ट गरिएका छन्।

उनीहरुले निर्मला पन्तको तस्वीर अंकित पोस्टरमा सरकार भेटियो, न्याय भेटिएन उल्लेख गरेका छन्। न्यायमा हुने ढिलाई, न्याय अस्वीकार गर्नु सरह हुने कुरामा पनि सरकारलाई खबरदारी गरिएको छ।
निर्मलालाई न्याय दिन छेडिएको यो डिजिटल अभियानलाई महत्व दिन नेपालका प्रमुख सञ्चार माध्यमहरुलाई पनि सामाजिक सञ्जालबाट आग्रह भइरहेको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक