काठमाडौँ । आज सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा समसामियक विषयमा छलफल हुने र पार्टीको विवाद समाधान गर्ने कार्यदलको कार्यादेश निर्धारण गर्ने बताइएको छ।
गत शुक्रबार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुबीच छलफलले ६ सदस्यीय कार्यदल बनाएको थियो।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समितिमा भीम रावल, पम्फा भुषाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र शंकर पोखरेल सदस्य छन्। नेकपाको सचिवालय बैठक यसअघि साउन ३ गते बसेको थियो।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक