काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ। गत ३० गते गठित कार्यदल आज प्रतिवेदन बुझाएको हो।
‘नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डद्वारा साउन ३० गते गठित कार्यदलले सर्वसम्मत रुपमा प्रतिवेदन बुझाइएको छ,’ कार्यदलका सदस्य जनार्दन शर्माले आफ्नो ट्वीटरमा भने।
गत असार १० गते सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा विवाद उत्पन्न भएपछि समाधान गर्न कार्यदल गठन गरी प्रतिवेदन तयार पार्न लगाइएको थियो।
विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेका थिए। कार्यदलको बैठक साउन ३१, साउन ३२, भदौ २, ४, ५ र ६ (आज) बसेको थियो।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक