काठमाडौँ । विश्वकै सबैभन्दा बढी उमेर बाच्ने व्यक्ति फ्रेडी ब्लेम भनिएका दक्षिण अफ्रिकाका वृद्ध हुन्। उनको १ सय १६ वर्षको उमेरमा निधन भएको हो। फ्रेडी ब्लेम नाम गरेका व्यक्तिको आधिकारिक कागजातमा उनको जन्म सन् १९०४ को मे ८ मा भएको देखिन्छ।
तर उनले बढी उमेर बाँच्ने व्यक्तिका रुपमा गिनिज बुकमा नाम भने लेखाएका छैनन्। फ्रेडी किशोर हुँदा उनको परिवारका सबै सदस्य सन् १९१८ को स्पेनिस फ्लूका कारण निधन भयो। उनी २ वटा विश्वयुद्धमा जीवित रहन सके।
सन् २०१८ मा बिबिसीलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो दीर्घ जीवनको कुनै विशेष राज नरहेको बताएका थिए। उनको केप टाउनस्थित घरमै शनिबार निधन भएको हो।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ