Logo

मंगलवार, भाद्र ९ गते २०८३

'मैले सम्धीलाई नियुक्त गरेको छैन, पानी ट्यांकीमा पैसा राखेको कुप्रचार गरियो'

'मैले सम्धीलाई नियुक्त गरेको छैन, पानी ट्यांकीमा पैसा राखेको कुप्रचार गरियो'


'मैले सम्धीलाई नियुक्त गरेको छैन, पानी ट्यांकीमा पैसा राखेको कुप्रचार गरियो'

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो चरित्र हत्या गरेको भन्दै ध्यान आकर्षण गराएका छन्। उनले आफ्नो सम्धी सम्धी डा उपेन्द्र कोइरालालाई वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गरेको विषयमा ध्यान आकर्षण गराएका हुन्। 

उनले आज विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर नभएको जनाएका छन्। 

“भएका काम विधिसम्मत, पारदर्शीतासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन्। यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु”, उनले विज्ञप्तिमा भनेका छन्, “मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु।”

उनले विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कुप्रचार गरिएको स्मरण गर्दै अहिले विगतको निरंकुश शाही शासनका तिनै मतियारहरू समेत नयाँ ढङ्गले आफ्नो विरूद्धमा स्वर उरालिरहेको उल्लेख गरे।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक